मदन तिमल्सेना
तनहुँ २९ जेठ -आबुखैरेनी गाउँपालिकाको क्षेत्रधिकार भित्रको मर्स्याङ्दी नदीमा नदिजन्य पदार्थ ९ ढुङ्गा, बालुवा, गिटी आदि ० उत्खनन् तथा विक्री कार्यमा अनियमितता भएको भन्दै गाउँपालिकाले खानी संचालकलाई कारवाही गर्ने भएको छ । नेकपा आबुखैरेनी गाउँ कमिटी र राष्ट्रिय युवा संघ, नेपाल आंबुखैरेनीले गम्भिर ध्यानाकर्षण भएको जनाउदै आबुखैरेनी गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको थियो । उक्त ध्यानाकर्षणपत्र पश्चात उक्त विषयलाई सम्बोधन गर्दै आबुखैरेनी गाउपालिकाले विज्ञप्ति निकालेको हो । उक्त विज्ञप्तिमा गाउपालिकाको क्षेत्रमा नदिजन्य पदार्थहरु गैरकानुनीरूपमा संकलन तथा भण्डारण भएको जानकारी आएकोले उक्त सामाग्रीहरु कानुन बमोजिम संकलन तथा भण्डारण नभएको पाईएमा नियम अनुसार कारवाही गरिने जनाइएको छ ।
नेकपा आबुखैरेनी र युवा संघ नेपाल नेपालको ध्यानाकर्षण पत्र पश्चात गाउँ पालिकाले विज्ञप्ती निकालेको र टेन्डर निस्कनुभन्दा अगावै उत्खनन् गरेका नदिजन्य पदार्थहरु पनि जफत गर्नुपर्ने नेकपा आबुखैरेनीका अध्यक्ष प्रेमबहादुर गुरुङले बताए।
FACEBOOK COMMENTS