काठमाडौं – सरकारले गुणस्तरहीन औषधी उत्पादन गरेको भन्दै ४ ओटा नेपाली औषधी उद्योगलाई प्रतिवन्ध लगाएको छ ।
औषधी व्यवस्था विभागले ललितपुरको विजयादीप ल्यावरोट्जि लिमिटेड, वीरगञ्जमा रहेको एपेक्स फर्मास्युटिकल्स प्रालि, बाराको आर्या फर्माल्याप प्रालि र युरोलाइफ हेल्थ केयर प्रालिले उत्पादन गरेको औषधि गुणस्तरहिन भएको ठहर गर्दे उत्पादन तथा बिक्री वितरणमा प्रतिवन्ध लगाएको हो ।
औषधी न्युन गुणस्तरको पाइएपछि बिक्री वितरणमा प्रतिवन्ध लगाइएको विभागले जनाएको छ ।
विभागले बजार अनुगमनका क्रममा आर्या र युरोलाइफको पनि औषधी गुणस्तरहिन भेटिएको बताएको छ ।
गुणस्तरहिन औषधी बजारबाट तत्कालि फिर्ता लिनका लागि विभागले भनेको छ ।
FACEBOOK COMMENTS