काठमाडौं । नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी गुरु ट्राभल्स लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंको जमल स्थित पहेंलो प्यागोडा होटलमा भव्य रूपमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष विज्ञान राज शर्माको अध्यक्षता तथा , संस्थापक शेयरधनीहरू, पर्यटन क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू, र विशिष्ट अतिथिहरूको उपस्थितिमा बार्षिक साधाण सभा सम्पन्न भएको संस्थाले जनाएको छ । कार्यक्रमको उद्घाटन अध्यक्ष विज्ञान राज शर्मा, वरिष्ठ सल्लाहकार तथा शेयरधनी, लक्ष्मी गुरुङले संयुक्त रूपमा पानसमा बत्ति बालेर गरेका छन् ।
कार्यक्रममा प्रमुख सञ्चालन अधिकृत अनिल धरेलले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्यपछि संस्थाका सञ्चालकर प्रमुख कार्यकारी अधिकृत नबराज धरेलले वार्षिकप्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा कम्पनीले स्थापनाकालदेखि सन्तोषजनक प्रगति गर्दै आएको र भविष्यमा अझ गुणस्तरीय सेवा प्रवाहमा जोड दिने प्रतिबद्धता व्यक्त गरिएको छ ।
प्रमुख सञ्चालन अधिकृत अनिल धरेलले कार्यालयमा सम्पन्न विविध गतिविधिहरूको विस्तृत प्रस्तुति दिएका थिए । विश्वप्रसिद्ध ट्रिपएडभाइजरबाट प्रदान गरिएको अवार्ड प्राप्त गर्दै विश्वव्यापी रूपमा शीर्ष १०% भित्र पर्न सफल भएको छ ।
सभामा आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०८२/८३ का लागि लेखा परीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरू प्रस्तुत पछि शेयरधनीहरूको सर्वसम्मतिले पारित गरिएको छ । कार्यक्रमको विशेष आकर्षणका रूपमा “यात्रामा लगानी गर्नुहोस् पुरस्कार” प्रदान गरिएको छ । जसअन्तर्गत संस्थाको व्यापार ब्यबसाय प्रवद्र्धनमा उत्कृष्ट योगदान पुर्याउने शेयरधनी र ग्राहकहरूलाई सम्मानित गरिएको छ ।
उक्त पुरस्कार शेयर धनीहरूको तर्फबाट बसन्त प्रसाद भुसाल, राम मोहन महर्जन, गोविन्द प्रसाद शर्मा, सुदीप खड्का, राम कृष्ण श्रेष्ठ, र ग्राहकहरूको तर्फबाट मेख गुरुङ, महेश्वर श्रेष्ठ, मुना भेटरिनरी हस्पिटल प्रालि एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस नेपाल प्रालि र ग्रीनलायन एजुकेशनल ट्राभल कम्पनी प्रालिलाई प्रदान गरिएको छ । यस भव्य कार्यक्रमले गुरु ट्राभल्स लिमिटेडको प्रगति,प्रतिबद्धता, र पर्यटन क्षेत्रको भविष्यप्रतिको दृष्टिकोणलाई थप उजागर गरेको संस्थाले विश्वास लिएको छ ।

FACEBOOK COMMENTS