काठमाण्डौं — गुल्मीको मुसीकोट नगरपालिकाअन्तर्गत बडिघाट खोलामा निर्माणाधीन पक्की पुल भाँचिदा ५ जना घाइते भएका छन् ।
मुसीकोट नगरपालिका ३ र ७ को सिमानाअन्तर्गत बडिघाट खोालको झेदीमा निर्माणाधीन पुल आइतबार भाँचिएको हो ।
५८ मिटर लामो पक्की पुल ढलान गर्ने क्रममा अचानक बेस भाँचिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्र बहादुर खड्काले जानकारी दिए ।
यो पक्की पुल तीन वर्षअघि ५ करोड १७ लाख लागतमा निर्माण सुरु भएको हो ।
दुई पिल्लरसहितको पुल ढलान गर्दा अचानक ढलेको स्थानीयले बताएका छन् ।
पुल निर्माण गर्ने जिम्मा वाइपी जनबुद्ध निर्माण सेवा काठमाडौंले पाएको हो ।
पुल समयमै निर्माण सम्पन्न हुन नसक्दा पुनः म्याद थपेर काम गरिँदै थियो ।
— कान्तिपुर
FACEBOOK COMMENTS