काठमाडौं, बैशाख १६ – उपत्यकाभित्रको लक डाउनमा थप कडाइ गरिएको छ । सोमवार गृह मन्त्रालयले सबै जिल्ला प्रमुख जिल्ला अधिकारीलाई परिपत्र जारी गर्दै लकडाउन थप कडाइ गर्न निर्देशन दिएसँगै लक डाउनमा थप कडाइ गरिएको हो ।
केही दिनदेखि गाउँ फर्किनेको भिडले लकडाउन खुकुलो हो कि भन्ने अनुभूति गरिरहेका आम मानिसलाई मंगलवार भने प्रभाव परेको छ । प्रहरीले सडका हिँडेका र गुडेका सवारी साधनलाई नियन्त्रणमा लिएर कारबाही गरेको छ ।
गृहले लकडाउनको समयमा प्रशासनबाट अनुमति लिएर सवारीलाई गुड्न निर्देशन दिएको छ।
आज बिहान ८ बजेसम्म लकडाउन उल्लंघन गर्ने १ हजार १ सय ११ जनालाई नियन्त्रणमा लिएको छ। २ सय ८० जना महिला र ८ सय ३१ जना पुरुषलाई नियन्त्रणमा लिएको हो।
FACEBOOK COMMENTS