काठमाडौं – नेपाल पूँजीबजार लगानीकर्ता संघका पदाधिकारीहरुले परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
पदाधिकारीहरुको ज्ञापन पत्र बुझ्दै मन्त्री ज्ञवालीले गैरआवसीय नेपालीलाई पूँजी बजारमा लगानी गर्न दिनका लागि आवश्यक तयारी भइरहेको जानकारी दिदै चाडै लगानी गर्न पाउने बताएका हुन् ।
मन्त्री ज्ञवालीलाई भेट्न शनिबार निवासमै पुगेको संघकी अध्यक्ष राधा पोखरेल नेतृत्वको टोलिले एनआरएनलाई पूँजीबजारमा सहज प्रवेशको माग राखेर ज्ञापन पत्र वुझाएको थियो ।
संघले आइतबार पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा पूँजी बजारको विकास विषयक अन्तरक्रियाको आयोजना समेत गर्दैछ ।
FACEBOOK COMMENTS