काठमाडौं, असोज १९ – गोदरेज ब्राण्डको अधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गतको सिजी ईओएलले गोदरेज होम अप्लायन्सको नयाँ उत्पादन भाइरस डिसइन्फेक्ट गर्ने क्षमता राख्ने ‘भाइरोसिल्ड’ नेपाली बजारमा ल्याएको छ ।
नेपाली बजारमा गोदरेजका सिंगल डोर रेफ्रिजेरेटर, डबल डोर रेफ्रिजेरेटर, वासिङ्ग मेसिन, माइक्रोवेभ ओभन, चेस्ट फ्रिजर जस्ता घरायसी सामग्रीहरु उपलब्ध छन ।
गोदरेजले नेपाली बजारमा भाइरोसिल्डको बिक्री वितरण शुरू गरिसकेको छ । अहिलेको माहामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै, गोदरेजले उक्त भिरोसिल्ड उत्पादन गरेको हो । यस भाइरोसिल्डले २ देखि ६ मिनेटमा कोभिड भाइरसलाई डिसइन्फेक्ट गर्ने क्षमता राख्दछ ।
भाइरोसिल्डमा विभिन्न वस्तु जस्तै खाद्यान्न, फलफुल, डेरी प्रोडक्ट, प्याकेज गरिएको खानेकुरा, मास्क, पञ्जा, थर्मोमिटर, बच्चाका खेलौना, उपहार(साना), मोबाइल, टेबल, वालेट, पर्स, गोल्ड अर्नामेन्ट, घडी, चस्मा, चाबी, जुत्ता, किताब, स्टेशनरी, डकुमेन्टसलाई डिसइन्फेक्ट गर्दछ ।
उक्त भाइरोसिल्ड ३० लिटर क्षमतामा नेपाली बजारमा पाईन्छ । यसलाई आईसीएमआर (इण्डियन काउन्सिल अफ मेडिकल रिसर्च)ले पनि प्रभाणिकरण गरेको छ ।
