काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा गोर्खा–१ बाट निर्वाचित सुदन गुरुङले जिल्ला विभिन्न दुर्गम स्थानमा दूरसञ्चार सेवाको टावर जडान गर्न माग गर्दै नेपाल टेलिकम पुगेका छन् ।
उनले गोर्खा जिल्लाका कतिपय स्थान अझै पनि दूरसञ्चार सेवाबाट वञ्चित रहेको उल्लेख गर्दै ती क्षेत्रमा टावर जडान गरी सेवा विस्तार गर्न आग्रह गरे । उनले दुर्गम भौगोलिक अवस्थाका कारण स्थानीय नागरिकले मोबाइल तथा इन्टरनेट सेवा प्रयोग गर्न कठिनाइ भोगिरहेको उल्लेख गर्दै सम्बन्धित स्थानमा यथाशीघ्र टावर जडानको व्यवस्था मिलाइदिन अनुरोध गरेका छन् ।
पत्रमा उनले टावर जडान गर्न आवश्यक रहेको भन्दै आरुघाट, लापु, फिलिम, चुमनुब्री, धार्चे, गुम्दा, सिरानचोक, लिखान, अजिरकोट तथा बारपाक सुलिकोट लगायतका स्थान उल्लेख गरेका छन्।
FACEBOOK COMMENTS