काठमाडौं, भदौ १२ । प्रभु बैंक लिमिटेडले गोरखाको छेपेटारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पाण्डेले उक्त शाखाको उद्घाटन गरे ।
नगरप्रमुख पाण्डेले छेपेटार शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारीतथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा उपलब्ध हुने बताउँदै बैंकिङ पहुँचभन्दा बाहिर रहेका उक्त यस क्षेत्रका सम्पूर्ण नागरिकहरुलाई प्रभु बैंकको सेवा उपभोग गरी लाभ उठाउन आग्रह गरे ।
यस शाखाबाट स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी
लाभान्वित हुनेछन् र गोरखा नगरपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।
FACEBOOK COMMENTS