काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको विधान संसोधनका लागि चण्डिराज ढकालको नेतृत्वमा १९ सदस्यीय समिति गठन भएको छ । एक वर्षअघि गरिएको संशोधनका केही नियम असान्दर्भिक देखिएपछि पुनः संशोधनका लागि समिति बनाइएको हो ।
संशोधनका लागि जिल्ला र नगरका उद्योग वाणिज्य संघले लामो समयदेखि दबाब दिँदै आएका छन्।
संशोधनका प्रत्यक्ष असर भने बर्तमा वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई पर्ने भएको छ । केही वर्षअघि महासंघको अध्यक्ष वरिष्ठ उपाध्यक्ष स्वतः हुने प्रावधान विधानमा राखिएको थियो । सोही नियमअनुसार वर्तमान अध्यक्ष भवानी राणाले अध्यक्ष पदमा प्रत्यक्ष निर्वाचन झेल्नु परेन ।
तर, यसपल्टको संशोधनमा यो प्रावधान उल्टिने सम्भावना छ । किनभने महासंघका अधिकांस सदस्यहरु अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट छान्न पाउनुपर्ने पक्षमा छन् । उपाध्यक्ष गोल्छा स्वतः अध्यक्ष बनाइनुपर्ने पक्षमा निकै कम सदस्यले लबिइङ गरिरहेका छन् ।
विधान संशोधन प्रक्रिया भने केही समय लम्बिने देखिएको छ । समितिका अध्यक्ष ढकाललाई मातृशोक परेका कारण लम्बिने भएका हो ।
विधान संशोधन समितिमा र सवैै प्रदेशका अध्यक्ष, महासंघका उपाध्यक्षहरु किशोर प्रधान, उमेशलाल श्रेष्ठ, कार्य समिति सदस्यहरु कमला श्रेष्ठ, शकुन्तलाल हिराचनलगायत छन्।
FACEBOOK COMMENTS