काठमाण्डौँ — गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति ७० प्रतिशतको हाराहारीमा पुगेको छ ।
भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रमा पारेर निर्माण भइरहेको विमानस्थलको काम अहिले तिब्र गतिमा भइरहेको छ ।
आगामी भदौ महिनादेखि व्यावसायिक उडान गर्ने लक्ष्यका साथ निर्माणकार्य भइरहेको आयोजना प्रमुख प्रवेश अधिकारी सगौरवले बताउनु भयो ।
विमानस्थलको धावनमार्गको तेस्रो चरणको कालोपत्र सकिएको छ ।
चौथो तहको कालोपत्र दुई दिनपछि शुरु हुँदैछ ।
कूल सात दशमलव पाँच इन्च मोटाइको चार तहको कालोपत्र सकिएपछि विमानस्थलको निर्माण करीब सकिन्छ ।
बढीमा २० दिनभित्र चौथो चरणको कालोपत्र सकेर बत्ती व्यवस्थापन लगायत काम गर्ने सोचमा आयोजना लागेको छ ।
सन् २०१७ को डिसेम्बरसम्म राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति मात्रै २६ प्रतिशत थियो ।
सन् २०१५ को जनवरीदेखि शुरु भएको आयोजना सन् २०१७ मा सक्ने लक्ष्य भए पनि तोकिएको समयमा काम भएको थियो ।
— कान्तिपुर
FACEBOOK COMMENTS