काठमाडौंमै जन्मे हुर्केका हुन् दिलिप कुमार विष्ट । एसएलसी दिएपछि शिक्षक पेशा अंगाले । त्यो बेलाको माहोल नै शिक्षक बन्नुपर्छ भन्ने थियो । तर उनी लामो समय शिक्षक बनेर बसेनन्। उच्च शिक्षा अध्यायनको लागि भारतको महाराष्ट्र गए । उनले रोजेको विषय थियो बीएचएम अर्थात होटेल व्यवस्थापन । पचासको दशकमा त्यो विषय पढ्नेलाई बारम्बार सोधिने प्रश्न थियो । भाडामाझ्नको लागि किन यो विषय पढ्ने ? तर उनलाई रुची लागेको विषय कसैले नपढ भनेर रोकिने कुरै भएन । भारतमै होटल व्यवस्थापनमा डिग्री हासिल गरे । त्यसपछि केहि समय त्यहाँ काम गरेपछि दुवईको पाँचतारे होटेलमा काम गर्नपुगे । दुबईबाट फेरी जागिरकै शिलसिलामा जापान पुगे । जापनमा लामो समय होटल व्यवसायमा गरेका उनी नेपालमा केहि गर्नुपर्छ भनि फर्के । यहाँ आएर विभिन्न व्यवसाय गरे तर लामो समय टिकेनन् । त्यसपछि उनी नेपालको शिक्षा क्षेत्रमा केहि गर्नसकिन्छ कि भनेर लागे । उनी हाल ग्ल्यासियर विद्यालय ÷कलेजको अध्यक्ष रहेका छन् । उनै दिलिप कुमार बिष्ट संग गरिएको बसन्त अर्यालले गरेको कुराकानीः
बीएचएम गरेको मानिस पर्यटन वा होटल व्यवसायमा लाग्छन् । तपाई किन शिक्षा क्षेत्रमा ?
होटेल सम्बन्धी पेशाबाट पैसा धेरै कमाए । रमाइलो पनि धेरै भयो । १८ वर्ष बढी त्यो पेशामा काम गरे तर मलाई त्यो पेशा किन परिवर्तन गर्न मन लाग्यो भने हामी चार्डपर्वमा धेरै रमाउने मानिस । दशैं तिहार जस्ता चार्डमा होटेल व्यवसाय धेरै चल्ने । त्यस्तो बेला हामीले चर्ड मनाउनेहरुलाई रमाइलो गर्ने वातावरण बनाइदिनु पर्ने । अनि अर्को परिवारलाई पनि समय दिन नपाईने । यसकारण पेशा परिवर्तन गरि शिक्षा क्षेत्रमा लागे । जहाँ अशिक्षितलाई शिक्षा दिन पाउँदा छुट्टै आनन्द आउँछ । अहिले म यहाँको अध्यक्ष भए पनि विद्यार्थीलाई पढाउँछु । यसको छुट्टै आनन्द आउँछ जुन होटल क्षेत्रमा पाएको थिएन । यो पेशामा पैशा कमाउनको लागि होइन । अध्यारो लाई उज्यालो बनाउन आएका हुँ । हामी टिम मिलेर ग्ल्यासियर विद्यालय र कलेज चलाएका छौं । हाम्रो अस्तित्व पनि छ है भन्ने देखाउँदै आएका छौ ।
तपाइले कलेजमा धेरै विद्यार्थी संग अन्तरक्रिया गर्नुहुन्छ । खासमा विद्यार्थीले के आशा लिएर आएका हुन्छन् ?
भर्खर एसईई दिएर आएका विद्यार्थीको आशा संञ्चालक संगधेरै हुन्छ । विद्यार्थी तथा अभिभावकको आशा नै कम पैसामा राम्रो शिक्षा । उहाँहरुको इच्छा संग हाम्रो नारा मेल खान्छ । ग्ल्यासियरले सर्वसुलभ सर्व पहुँच भन्ने नारा नै छ । विद्यार्थीको चाहाना पनि त्यही नै हो । उहाँहरुको आशा र हाम्रो उद्देश्य मेलपनि खान्छ ।
अहिले सबैभन्दा बढी विद्यार्थी कुन विषयमा आकर्षण छ ?
हाम्रोमा सबै भन्दा बढी म्यानेजमेन्ट कै हुनुहुन्छ । यसमा पनि गतवर्ष सम्म विजनेस स्टडीको विद्यार्थी धेरै हुनुहुन्थ्यो भने अहिले एचएम पढ्न आउने विद्यार्थी धेरै हुनुहुन्छ । टीटी पढ्ने र कम्प्युटर साइन्स पढ्ने विद्यार्थी कम हुनुहुन्छ । विज्ञान पढ्ने विद्यार्थीको लागि जम्मा ४ वटा कक्षा हामीले छुट्टाएका छौं । मानविकिमा खासै धेरै विद्यार्थी आउनुहुँदैन ।
विद्यार्थीलाई कसरी पढाउनुहुन्छ ? यहाँबाट निस्केको विद्यार्थी बजारमा बिक्न सक्छन् ?
ग्ल्यासियरले सिद्धान्त र व्यवहार बीचको खाडल पुरा गर्ने मुख्य उद्देश्य हाम्रो हुन्छ । हामी सिद्धान्त र व्यवहारलाई म्याच गर्ने काम गर्छौ । विद्यार्थीलाई यहि कुरा सिकाईरहेका छौं । हामी संग पढ्ने ११–१२ विद्यार्थीलाई विभिन्न ठाउँमा इन्ट्रनको लागि पठाउँदै आएका छौं । बीबीएसको विद्यार्थीलाई हामीहरुले विभिन्न बैंकसंग टाईअप गरी व्यवहारिक शिक्षा दिदैं आएका छौं । इन्ट्रनसिप गरेकोलाई बैंकले पछि जबमा राख्ने गरेको छ । हामिले बीबीएस कोर्षलाई बीबीए फेलेभरको रुपमा विद्यार्थीलाई पढाएका छौं ।
विद्यार्थीलाई संधै एउटै तरिकाले पढाउँदा उनिहरुलाई ‘बोर’ लाग्न सक्छ । कसरी पढाउनुहुन्छ ?
जुन हाम्रो पुरानोढर्राको शिक्षण पद्धतिलाई हामी ‘फलो’ नै गर्दैनौं । हामीले आफ्ने पद्धती शुरुगरेका छौं । जुन शेसन शुरु हुनु भन्दा अघिनै हामीले करिकुलम बनाएका हुन्छौ जुन विद्यार्थी र शिक्षकले फलो गर्नुपर्छ । क्लासिकल भर्जनको रटाउने जुन पद्धती छ त्यसलाई परिवर्तन गर्दै फिल्मी शैलिबाट पढाउँछौं । हामी पढाउने भन्नेमात्र होइन बुझाउने मुख्य उद्देश्य रहेको हुन्छ । विद्यार्थी बोर नहोस भन्ने मुख्य चाहाना हुन्छ किनकि हामि आफै विद्यार्थी हुँदापनि कुनै शिक्षकले दिनभरी पढाईदिए जस्तो हुन्थ्यो भने कुनै टिचर छिटो गएहुन्थ्यो भन्दै घडि हेर्ने गथ्र्यो त्यो महशुस हाम्रो विद्यार्थीलाई नहोस भन्ने चाहान्छौं । हामी विद्यार्थीलाई सुपरमार्केट घुमाउँदा हामीले त्यहाँको वस्तु स्थिती बुझाउँछौं । बजारमा कसरी डिल गर्ने भन्ने सिकाउँछौं ।
सबै विद्यार्थीको एउटै खुबि हुँदैन । केहि खेलकुदमा रमाउने हुन्छन् यस्ता विद्यार्थीको लागि विभिन्न क्लब बनाएर सिकाउँछौं । राखेपको सदस्य भएको सरले यहाँको विद्यार्थीलाई खेलकुद सम्बन्धी सिकाउनु हुन्छ । ग्ल्यासियरमा धेरै शिक्षकले आफै पुस्तक लेख्नु भएको छ । यहाँ मैले बीएचएम र प्रिन्सिपल सरले एकाउन्ट पढाउँछौ । कुनै अभिभावक वा विद्यार्थीलाई चियरम्यान वा पिन्सिपललाई भेट्न गाह्रो हुँदैन ।
तपाईहरुले उत्पादन गरेको विद्यार्थी जागिरखान सक्ने गरी निकाल्नुहुन्छ कि ? हाम्रो शिक्षा प्रणालीको कारण बीबीएस गरेको विद्यार्थी कुनै इन्टिच्युटमा गएर तालिम लिएपछि मात्र जागिर खान सक्छ ?
ग्ल्यासियरको एउटा नेटर्वक छ जहाँ मन्टेश्वरी देखि बीबीएस सम्म पढाउँछौं । इन्जीनियरिङ र मेडिकल साईन्स पढ्ने बाहेकका विद्यार्थीको टार्गेट नै युरोप हुन्छ । प्लस टु गरेपछि कसरी विदेश जाने भन्ने विद्यार्थीको सोच हुन्छ । यो कुनै एउटा कलेजले चाहेर गर्न सक्दैन राज्यले नै विद्यार्थीलाई स्वदेशमा टिकाउनको लागि सिस्टममा परिवर्तन गर्नुपर्छ । विद्यार्थीलाई यहाँ जब ग्यारेन्टी भयो भने विदेश जान खोज्दैन । नेपालमा संभावना नै नभएको होइन तर विदेश जान सजिलो भएका कारण विद्यार्थी विदेश गएर सेटल हुन चाहान्छ । हाम्रो सिस्टम समय अनुकुल छैन । बाहिर गएको विद्यार्थीपनि पढ्न नसकेर आत्महत्या सम्म गरेका छन् । हामीले प्रविधिककुरा विद्यार्थीलाई सिकाउनै सकेका छैनौ । जो बजारको लागि आवश्यक छ । हामीले विद्यार्थीलाई काम गर्नको लागि त विदेश जाँदै नजाउ भन्ने गरेका छौं । पढ्नको लागि विदेश गएपनि नेपाल फर्कि यही केहि गर्नुपर्छ भन्ने हाम्रो स्कुलिङ रहेको हुन्छ । हामीले जतिगफ दिए पनि शिक्षण पेशामा आउने भनेका अनेत्र असफल भएका हुन् । हाम्रो शैक्षिक प्रणाली नै अरु विषय पढ्न नपाएकोले शिक्षाशास्त्र पढ्न पाउँछ । यो नै गलत भएको छ । यो कुरामा राज्यले ध्यान दिनुपर्छ ।
खास के कारणले विदेश पढ्न जाने संस्कृति बढ्यो ?
नेपाली विद्यार्थीले ठुलो धनराशि विदेश लगेर गएका छन् । खासमा विद्यार्थीले नेपालमा बीबीए पढ्नको लागि करिव १० लाख भन्दा बढी खर्च हुन्छ । विद्यार्थी वा अभिभावकको के कन्सेप्ट हुँदो रहेछ भने आखिर नेपालमा यत्रो पैसा खर्च गर्नुपर्छ भने विदेश जानको लागि यसमा थोरै थप्यो भने त्यहाँको पीआर पायो , त्यहाँको डिग्री पनि पाइने भएपछि किन समस्यै समस्या भएको ठाउँमा बस्ने भन्ने हुँदो रहेछ ।
निजी क्षेत्रबाट पनि कस्ता विद्यार्थी बजारमा आउँछन् त्यसले पनि नेपालको भविष्य निर्धारण गर्छ । निजी विद्यालयको विकासको लागि सरकारले कस्तो वातावरण भयो भने राम्रो शिक्षा विद्यार्थीलाई दिनसक्नुहुन्छ ?
शिक्षा क्षेत्रमा एकदम अस्वस्थ्य प्रतिस्पर्धा बढेको छ । कुनै कलेजको १ लाख फि छ भने कुनै विद्यार्थी भर्नाको लागि जान्छ भने २० हजार सम्ममा पनि भर्ना गरिदिन्छ । वर्षकोे २० हजार उठाउने विद्यालय वा कलेजले कस्तो शिक्षक राख्ने ? यो कुरा सरकारले अनुगमन गर्ने कुरा हो । अंकुस लगाउने ठाउँमा अंकुस लगाउनु पर्यो । सबै फ्लोर र सिलिङ त नेपाल सरकार नै हो । निजी विद्यालय वा कलेजलाई सरकारले फ्रि छाड्नु हुँदैन । कुनै पनि निजी क्षेत्र राज्यको नियन्त्रण र नियमन भन्दा बाहिर बस्छ भने कारवाही हुनुपर्छ । अहिले कस्तो भएको छ भने बाहिरबाट विद्यालयको स्वरुप हेरेर फि लिने गरिएको छ । भौतिक संरचनाले मात्र गुणस्तर शिक्षा दिने होइन । राम्रौ भौतिक संरचना भएकै कारण धेरै शुल्क विद्यार्थी संग पाइदैन यो अभिभावक, विद्यार्थी र राज्यले पनि बुझ्ने कुरा हो ।
शिक्षकहरु आफ्ना छोरा छोरी निजी विद्यालयमा पढाउन चाहान्छन् तर आफु सरकारी विद्यालयमा जागिर खोज्छन् । यस्तो किन ?
जुन शिक्षक सरकारी विद्यालयमा जान लालायित हुनुहुन्छ उहाँहरु पढ्न चाँहि निजी विद्यालयमा पढ्नुहुन्छ । बाल बच्चाको लागिपनि निजी विद्यालय नै रोज्नुहुन्छ । यस्तो किन हुन्छ भने सरकारी विद्यालयमा टिचर सुरक्षित भएको महशुस गर्छन् त्यसैले त्यता आकर्षित हुन्छन् । तर हामीले शिक्षकहरुको लागि राम्रो पारिश्रमिक दिएका छौं । राम्रो शिक्षक छ भने विद्यालयले कहिल्लै पनि घुमाउन चाहान्न । सरकारी जागिरमा भत्ता , बीमा जस्ता सुविधा दिएको हामीले त्यति लगानी त गर्न सकेका छैनौ । तर घरचल्ने पारिश्रम चाहि दिएका छौं दिनु पनि पर्छ ।
FACEBOOK COMMENTS