काठमाडौं, चैत ३० – नेपाल आयल निगमले आइतबारबाट भरी सिलिण्डर ग्यास बिक्री सुरु गरेको छ । बजारमा ग्यासको अभाव सृजना भएपछि निगमले आधा मात्र ग्यास विक्रि वितरण गर्दै आएको थियो ।
बुधबार बसेको निगम सञ्चालक समितिको बैठकले आइतबारबाट भरी १४.२ किलो (पूरै भरिएको) को सिलिण्डर ग्यास बिक्री वितरण सुरु गर्न निर्देशन दिएअनुरुप आजबाट भरी ग्यास विक्रि थालिएको हो ।
निगमले सबै ग्यास उद्योगहरुलाई बिहीबारदेखि नै भरी सिलिण्डर ग्यास भर्न निर्देशन दिएको थियो ।
बजारमा ग्यासको अभाव सिर्जना भएको भन्दै आयल निगमले चैत १६ गते आइतबार दिउसो १ बजेदेखि आधा (७.१ किलो) को ग्यास सिलिण्डर बिक्री गर्न उद्योगलाई निर्देशन दिएको थियो।
आधा सिलिण्डर ग्यासको बिक्री हुन थालेपछि ग्यासको खपत कम भएको ग्यास बिक्रेताहरुले बताउँदै आएका थिए।
FACEBOOK COMMENTS