काठमाण्डौँ – नेपाल आयल निगमलाई खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २ सय ८० रुपैयाँ घाटा रहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा ग्यासको मूल्य लगातार बढ्दै गए पनि निगमले लामो समयदेखि मूल्य समायोजन नगर्दा घाटा बढेर प्रतिसिलिन्डर २ सय ८० रुपैयाँ पुगेको हो ।
इन्डियन आयल कर्पोरेसन (आईओसी)ले १ अगस्टमा पठाएको नयाँ मूल्यअनुसार ग्यासमा प्रतिसिलिन्डर ४६ रुपैयाँ बढेर आएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए ।
उनले निगमलाई ग्यासमा मात्र प्रतिसिलिन्डर २ सय ८० रुपैयाँ घाटा पुगेको बताए ।
अहिले बजारमा प्रतिसिलिन्डर ग्यासको मूल्य १ हजार ३ सय ७५ रुपैयाँ छ ।
– कारोबार
FACEBOOK COMMENTS