काठमाडौं, फागुन २६- नेपाल आयल निगमले ग्यासको अभाव नहुने भएकाले एकैपटक धेरै भण्डारण नगर्न आग्रह गरेको छ ।अहिले कोरोना भाइरसको जोखिमले राजधानीलगायत मुलुकभरका उपभोक्ता रित्तो सिलिन्डर भर्न लाइनमा बस्न थालेपछि नेपाल आयल निगमले यस्तो आग्रह गरेको हो ।
कोरोनाभाइरसको सङ्क्रमण विभिन्न देशमा फैलिरहेको अवस्थामा भविष्यमा आपूर्तिमा समस्या आउने हो कि भनेर ग्यास खरिद गरी भण्डारण गर्ने प्रवृत्ति बढ्दै गएपछि निगमले सूचना नै जारी गरेर ग्यास अभाव नहुने बताएको छ ।
निगमले सर्वसाधारणलाई नयाँ सिलिन्डर खरिद नगर्न र पुरानो सिलिन्डर दिई ग्यासको मात्रै मूल्य तिर्न पनि सुझाएको छ।
ूआपूर्तिमा कुनै पनि किसिमको समस्या छैन। हामीले सामान्यतया आयात गर्नेभन्दा बढी परिमाण आयात गर्न सुरु गरिसकेका छौँ। ग्यास जगेडा राख्न आवश्यक छैन,ू निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने।
अहिले खाना पकाउने ग्यास उपभोगको औषत परिमाण ३८ हजार मेट्रिक टन रहेकोमा फागुन महिनादेखि ४५ हजार मेट्रिक टनका दरले आपूर्ति गर्ने व्यवस्था मिलाइसकेको निगमले बताएको छ । औषतभन्दा ७ हजार मेट्रिक टन ग्यास थप आयात हुने भएकाले बजारमा ग्यासको अभाव नहुने निगमको भनाई छ ।
FACEBOOK COMMENTS