काठमाण्डौँ — ग्यास ढुवानी गर्दा नेपालबाट वार्षिक रुपमा २ अर्ब २५ करोड रुपैयाँ बाहिरिने गरेको छ ।
स्वदेशी नम्बरका ग्यास बुलेट निर्माण भए पनि प्रयोगमा आउन नसक्दा भारतीय नम्बरका ग्यास बुलेटले ग्यास ढुवानी गरेवापत सो रकम बाहिर जाने गरेको हो ।
दुई वर्षअघि नेपाली ग्यास नम्बरका ग्यास बुलेट निर्माण गरे पनि ग्यास ढुवानी गर्न भारतले अनुमति नदिँदा प्रयोगमा आउन सकेको छैन ।
नेपाल आयल निगमका अनुसार ग्यास ढुवानीबापत २ अर्ब २५ करोड रुपैयाँ खर्च भएको छ ।
अहिले ६ सय ५० भन्दा बढी भारतीय नम्बर बुलेटबाट ग्यास ढुवानी आएको छ ।
— कारोबार
FACEBOOK COMMENTS