काठमाण्डौँ — दूरसञ्चार सेवा प्रदायक कम्पनी युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) बन्द हुने अवस्थामा पुगेको छ ।
लाइसेन्स नवीकरण तथा फ्रिक्वेन्सी शुल्कलगायत अन्य कर्तव्य पालनामा सधैंजसो स्पष्टीकरण र जरिवाना खेप्दै आएको यो कम्पनी अहिले बक्यौता तिर्न नसक्दा बन्द हुने अवस्थामा पुगेको हो ।
नियामक निकाय दूरसञ्चार प्राधिकरणले ५५ करोड ५३ लाख रुपैयाँ बक्यौता तत्काल नबुझाए लाइसेन्स खारेज गर्ने चेतावनीसहितको पत्र काटेको छ ।
पछिल्ला १५ वर्षमध्ये आर्थिक वर्ष २०६६/६७ बाहेक सबैजसो वर्षमा कम्पनी घाटामा छ ।
कम्पनीले २०७३ भदौ २० मा दूरसञ्चार सेवाको एकीकृत अनुमतिपत्र (युनिफाइड लाइसेन्स) अहिलेसम्म सेवा विस्तार गर्न सकेको छैन ।
एकीकृत सेवाको लाइसेन्स लिएपछि बजारमा आफ्नो प्रभाव बढाउने लक्ष्य लिएको कम्पनी त्यसपछि झनै ओरालो लागेको छ ।
— कारोबार
FACEBOOK COMMENTS