काठमाडौं, ११ श्रावण- अनलाईन भोटिङ सेवा प्रदायक कम्पनी (ग्लोबल अनलाईन पे) दोस्रो बर्षमा प्रवेश गरेको छ । ग्लोबलले गत बर्ष श्रावण ११ गते देखी आफ्नो सेवा प्रारम्भ गरेको थियो ।कम्पनीले यस अवधीमा विभिन्न सौन्दर्य प्रतियोगिता एवम् अन्य प्रतिस्पर्धामुलक प्रतियोगितात्मक कार्यक्रममा अनलाईन भोटिङ सेवाको सुविधा उपलब्ध गराउदै आएको छ ।
ग्लोबल अनलाईन पे ले निकट भविस्यमा नेपालमा संचालित केही टेलिभिजन रियालिटी शोहरुमा समेत भोटिङ सुविधा उपलब्ध गराउदै छ । त्यसो त ग्लोबल अनलाईन पे अन्तरराष्ट्रिय भोटिङको सुविधा दिने नेपालको एक मात्र अनलाईन भोटिङ सेवा प्रदायक हो । ग्लोबल अनलाईन पे मार्फत भोट गर्न वालेट एवम बैंकिङ सेवा लिन सकिन्छ । जसमा नेपालका ४५ वटा बैंक एवम् वित्तिय संस्था,फोन पे, ई सेवा, प्रभु पे, आईएमई पे, खल्ती, सेल पे आदी रहेका छन भने विदेशबाट समेत पेमेन्ट गेट वे मार्फत सजिलै भोट गर्न सकिने फिचर सुविधा उपलब्ध रहेका छन ।
त्यसैगरि कम्पनीले भारतमा समेत आफ्नो सेवा विस्तार गर्ने तयारी गरिरहेको जानकारी कम्पनीका संस्थापक प्रमुख डेभिल सिंह राजपुतले बताए । भारतबाट समेत विभिन्न बैंक एवम् वालेट सेवा मार्फत भोटिङ गर्न मिल्ने कम्पनीका संस्थापक प्रमुख राजपुतले जानकारी दिए ।
FACEBOOK COMMENTS