काठमाडौं, साउन २७ । ग्लोबल आइएमई बैंकले साउन २६ गते आइतबार देखि बैंकको कान्तिपथ शाखाबाट दैनिक १२ घण्टा सेवा सुचारु गरेको छ। कान्तिपथ शाखा बिहान ८ बजे देखि बेलुका ८ बजेसम्म खुल्ला रहने बैंकले जनाएको हो ।
बैंकले सरकारी तथा अन्य कार्यालयमा कार्यरत कर्मचारी, व्यापारी र तथा अन्य वर्गको व्यस्ततालाई लक्षित गर्दै साविकको कार्यालय समय अघि र पछि पनि बैंकिङ्ग सेवा उपलब्ध गराउने भएको हो ।
यो सेवा शनिबार र अन्य बिदाको दिन बाहेक हप्तामा ६ दिन खुल्ला रहने बैंकले जनाएको छ। शनिबार तथा अन्य विदाको दिनमा बैंकले बिहान १० बजेदेखि १ बजेसम्म होलिडे काउण्टर सेवा सञ्चालन गर्दै आएको छ।
FACEBOOK COMMENTS