काठमाडौं– ग्लोबल आइएमई बैंकले चालु आर्थिक बर्षको ६ महिनाको अवधिमा एक अर्ब १२ करोड रुपैयाँ नाफा गरेको छ।
बैंकले गत बर्ष ९७ करोड ९९ लाख रुपैयाँ नाफा गरेको थियो।
बैंकले गत बर्षको भन्दा २५.४६ प्रतिशतले नाफा बढाएको हो।
निक्षेप संकलनको तुलनामा ऋण लगानीमा जोड दिएको बैंकले खुद व्याज आम्दानी २८.१८ प्रतिशतले बढाएको छ।
बैंकले १५.४४ प्रतिशतले व्याज आम्दानी बृद्धि गर्दा खर्च भने ९.०८ प्रतिशतले मात्रै बढाएको छ। खुद व्याज आम्दानी २ अर्ब ३८ करोड रुपैयाँ आर्जन गरेको छ। पुससम्ममा १२ प्रतिशतले निक्षेप बढाएर एक खर्ब १३ अर्ब रुपैयाँ संकलन गरेको छ भने ऋण लगानी १८.८५ प्रतिशतले विस्तार गर्दा एक खर्ब २ अर्ब पुर्याएको छ।
