काठमाडौं ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुंवर क्षेत्रीले पदबाट राजिनामा दिएका छन् । क्षेत्रीले दिएको राजिनामा पनि बैंकको सञ्चालक समितिले स्वीकृत गरिसकेको छ ।
बैंक बोर्ड श्रोतका अनुसार उनले केहि साता पहिले नै पदबाट राजिनामा दिएका थिए । पेन्डिङमा रहेको राजिनामा बोर्र्डले बिहीबारमात्रै स्वीकृत गरेको छ । ‘सीईओ सापले स्वास्थ्य तथा आफ्नो व्यक्तिगत कारण देखाउदै केहि समय अगाडि नै राजिनामा दिनु भएको थियो, तर राजिनामाका विषयमा निर्णय भइसकेको थिएन’ उनले भने, ‘वहाँको राजिनामा स्वीकृत गरेर बोर्ड बैठक भर्खरमात्रै सकिएको छ ।’
तत्कालिन दुई ठूला वाणिज्य बैंक ९ग्लोबल आइएमई बैंक र जनता बैंक नेपाल० मर्ज भएर ग्लोबल आइएमई बनेपछि क्षत्री पुँजीका आधारमा मुलुकको सबैभन्दा ठूलो बैंकको सीईओ बनेका थिए । तत्कालिन जनता बैंकको सीईओ रहेका उनलाई बैंकको कार्यकारी नेतृत्व सुम्पन दुबै बैंकका सञ्चालकहरु तयार भएका थिए ।
उनको राजिनामा स्वीकृत भएसँगै बैंकका डेपुटी सीईओ महेश ढकालले कामु सीईओको जिम्बेवारी पाएका छन् ।
FACEBOOK COMMENTS