काठमाण्डौं — ग्लोबल आइएमई बैंकले गुल्मीमा २ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ।
गुल्मी दरबार गाउँपालिकाको चारपला र सोही गाउँपालिकाको बलिथुममा शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएको हो।
थप गरिएका सहित बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या १०२ पुगेको छ।
यी दुई शाखारहित बैंकिङ्ग सेवा ग्लोबल आइएमई बैंकको गौंडाकोट शाखा अन्तर्गत रहने छन्।
यी शाखारहीत सेवाबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा ग्राहकले पाउने छन्।
