काठमाण्डौँ — ग्लोबल आइएमई बैंक लि.ले बिहिबार गोरखा जिल्लाको गोरखा बजारमा रहेको शाखाको औपचारिक उद्घाटन गरेको छ ।
शाखाको गोरखा जिल्लाका जिल्ला समन्वय समिति सभापति अशोक गुरुङ्ग र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले संयुक्त रुपमा औपचारिक उद्घाटन गरे ।
त्यस्तै शाखामा खोलिएको एटिएम सेवाको गोरखा नगरपालिकाका उपमेयर बिनाकुमारी श्रेष्ठले उद्घाटन गरे ।
।
त्यस्तै गरि ग्लोबल आइएमई बैंक लि.ले बिहिबार देखि नै आफ्नो १३२ औ शाखा र १३७ औ एटिएम सेवा नवलपरासी जिल्लाको गंैडाकोटमा सञ्चालनमा ल्याएको छ ।
गैँडाकोटमा खोलिएको नयाँ शाखा र एटिएम सेवासंगै बैंकको शाखा संख्या १३२ र एटिएम सेवा १३७ पुगेको छ ।
त्यस्तै गरि बैंकले १०२ शाखारहित बैंकिङ्ग सेवा, ५ एक्सटेन्सन काउण्टर,१५ वटा राजश्व संकलन काउण्टर, विदेशमा३ प्रतिनिधि सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाखभन्दा बढि ग्राहकहरु माझ सेवाप्रदानगर्दै आइरहेको छ ।
FACEBOOK COMMENTS