काठमाडौं, माघ २६- ग्लोबल आइएमई बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा १ अर्ब ६८ करोड ५९ लाख ८ हजार खुद मुनाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको यही अवधिको तुलनामा ३७.१३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब २२ करोड खुद नाफा आर्जन गरेको थियो।
दोस्रो त्रैमाससम्म बैंकले २ अर्ब ३६ करोड रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। गत वर्ष यही अवधिसम्म सञ्चालन मुनाफा १ अर्ब ७४ करोड रुपैयाँ रहेको थियो। ग्लोबल आइएमईले यो अवधीमा एक खर्ब ९७ अर्ब रुपैयाँ बराबरको निक्षेप सर्वसाधारणबाट संकलन गरेर एक खर्ब ९० अर्ब कर्जा लगानी गरेको छ । ग्लोबल आइएमईले ३ अर्ब ४५ करोड रुपैयाँ ब्याज आम्दानी गरेको देखिन्छ । १८ अर्ब ९७ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ४८ करोड रुपैयाँ जम्मा भएको छ । यस्तै बैंकको संचित कोषमा १ अर्ब ९ करोड ४० लाख १० हजार र शेयर प्रिमीयममा अर्ब ५३ लाख ९३ हजार रहेको छ ।
बैंकले खराब कर्जामा सामान्य वृद्धि भएको छ । गत वर्ष ०.७५ प्रतिशत रहेको खराब कर्जा चालु आर्थिक वर्षमा वृद्धि भएर १.२० प्रतिशत कायम भएको छ । त्यस्तै बैंकको सिसिडि रेसियो ७८.९८ प्रतिशत, पुँजीकोष अनुपात ११.४७ प्रतिशत रहेको बैंकको कोषको लागत ६.७९ प्रतिशत, ब्याजदर अन्तर (स्प्रेड रेट) ५.३१ प्रतिशत र आधार ब्याजदर १०.१२ प्रतिशत रहेको छ । यस्तै प्रतिशेयर आम्दानी २२ रुपैयाँ ५३ पैसा, प्रतिशेयर नेटवर्थ १ सय ४५ रुपैयाँ २३ पैसा र मुल्य आम्दानी अनुपात १३।१० गुणा रहेको छ ।
च्
FACEBOOK COMMENTS