काठमाडौं – ग्लोबल आइएमई बैंकले मोबाइल बैंकिङ सेवा ‘ग्लोबल स्मार्ट’ लाई नयाँ रुपमा ल्याएको छ ।
शुक्रबारदेखि अद्यावधिक गरिएको मोबाइल बैंकिङ कारोबारको सहजताको लागि व्यक्तिगत क्यूआर कोडको माध्यमबाट रकमान्तर तथा रकम भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।
यसका साथै यस सेवामा प्रयोगकर्ताको औँठाछाप लगइन तथा कारोबार गर्न मिल्ने सुरक्षा प्रणालीसमेत अपनाइएको छ ।
नयाँ ग्लोबल स्मार्ट सुविधाअन्तर्गत ग्राहक आफैंले बैंकमा नगइकन आफैं यस्तो सेवा सुरु गर्न सक्ने सुविधाको साथमा आफ्नो खाताको स्टेटमेन्ट ग्राफिकल रुपमा हेर्न सकिनेछ ।
त्यसैगरी फोनेपीको नेटवर्कमा रहेका विभिन्न मर्चेन्टहरुको रकम भुक्तानी गर्न मिल्ने बिशेषता थप गरिएको छ ।
थप गरिएका अरु विशेषतामा अकाउन्ट ड्यासबोर्ड र क्यालेन्डर इन्ट्रिगेसन सुविधा पनि रहेको छ ।
ग्राहकले गुगल प्ले स्टोर र एप स्टोरमा उपलब्ध ग्लोबल स्मार्टको नयाँ संस्करणलाई अद्यावधिक गरी यो सेवा उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS