काठमाडौं, फागुन २३-ग्लोबल आइएमई बैंक लिमिटेडले चैत १ गतेदेखि रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ८ दशमलव ५० प्रतिशत व्याजदर भएको ग्लोबल आइएमई बैंक डिबेञ्चर २०८६/८७ निष्कासन गर्न लागेको हो ।
कुल ऋणपत्र मध्य १८ लाख कित्ता बैंकले परिपत्र विधिबाट विभिन्न संघ संस्थाहरुलाई व्यक्तिगत तवरले विक्री गर्नेछ भने १२ लाख कित्ता ऋणपत्र भने आम सर्वसाधारणका लागि विक्री गर्न लागेको हो । सर्वसाधारण मध्यको बाट पनि ६० हजार कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी ११ लाख ४० हजार कित्ता सार्वजनिक निष्कासन गर्न लागेको हो ।
यो ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ । बैंकले ऋणपत्र छिटोमा चैत ४ गते र ढिलोमा चैत १६ गतेसम्म विक्री खुला रहने जानकारी दिएको छ । यस ऋणपत्रलाई इक्रा नेपालले न्युन कर्जा जोखिमको संकेत गर्ने इक्रा इस्युअर ए माइनस रेटिङ्ग प्रदान गरेको छ । यो ऋणपत्र विक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।
विक्री प्रबन्धकसँगै ऋणपत्र खरिद गर्न चाहनेहरुले आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीयसंस्था र तीनका शाखा कार्यालयसँगै मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् । यो ऋणपत्र निष्कासनका लागि बैंकले फागुन १६ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो ।
FACEBOOK COMMENTS