काठमाण्डौँ – ग्लोबल आइएमई बैंक र दीर्घायु गुरु अस्पताल एवं रिसर्च सेन्टरबीच अस्पतालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधामा दिइने छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्भौतापत्रमा दीर्घायु गुरु अस्पताल एवं रिसर्च सेन्टरका प्रबन्ध निर्देशक सुरजबला श्रेष्ठ र ग्लोबल आइएमई बैंकका कार्ड वितरण विभाग प्रमुख रवीन्द्र ढकालले हस्ताक्षर गरे ।
सम्झौतापश्चात् दीर्घायु गुरु अस्पताल एवं रिसर्च सेन्टर, चाबहिलमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १२ प्रतिशतसम्म छुट पाउने जनाइएको छ ।