काठमाडौं,माघ २५-स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र ग्लोबल आइएमई बैंकबीच यी माघ २१ गते औपचारिक सम्झौता सम्पन्न भएको छ ।बैंकिङ्ग क्षेत्रका सेवाग्राहीलार्ई विविध भुक्तानी उपकरण र डिजिटल बैंकिङ्ग पहँुच सजिलै पु-याउने उद्देश्यले विकास गरेको ओम्नी च्यानल डिजिटल बैंकिङ सोलुसनमार्फत सेवा उपलब्ध गराउने उद्देश्यले उक्त सम्झौता भएको हो ।
स्मार्टच्वाइसले गहन अध्ययन र अनुसन्धान गरी विगत दुई बर्षको अनवरत प्रयत्नबाट विकास गरेको तथा करिब तीन महिना आन्तरिक रूपका सफल परीक्षण पश्चात सञ्चालनको अवस्थामा ल्याईको यस उपकरणमा मोवाइल बैंकिङ, ईबैंकिङ, सेल्फ बैंकिङ, स्मार्ट क्युआर र कार्डमार्फत दिने सेवा एउटै प्लेटफर्मबाट उपलब्ध हुनेछन् ।
यसबाट ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकलाई विविध आवश्यकता बमोजिम छिटो÷छरितो, मितव्ययी र सरलढंगले बैकिङ्ग सेवा र सुविधाहरुको पहुँच हुनेछ । साथै, बैंकले यस आधुनिक उपकरणको सेवालाई छिट्टै नै ग्राहकहरुको बिच सञ्चालनमा ल्याउने छ ।
परम्परागत प्रणालीलाई विस्थापित गर्दै नगदरहित आधुनिक भुक्तानी प्रणालीको विकास र प्रवर्धन गर्ने स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको लक्ष्य बमोजिम बैंक तथा वित्तीय संस्थाहरुलाई यस्ता सेवा र सुविधा उपलब्ध गराउदैं आएको छ ।
डिजिटल प्रविधिमा अभ्यस्त हुँदै गएका बैकिंङ्ग क्षेत्रका ग्राहकको बढ्दो आवश्यकता माग पूरा गर्न यस प्रकारका सहकार्य सहयोगी हुने अपेक्षा दुबै कम्पनीहरूको रहेको छ ।
FACEBOOK COMMENTS