काठमाडौं, कात्तिक ३ – ग्लोबल आइएमई बैंक लि. र ल्याण्डमार्क होटल रिसोर्ट एण्ड स्पा प्रा.लि.बीच बैंकका ग्राहक तथा कर्मचारीहरुले सो होटल, रिसोर्ट एव्म स्पामा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरुमा पाउने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकको बजार तथा व्यवसाय प्रबद्र्ध्रन प्रमूख शान्ता शिवाकोटी र ल्याण्डमार्क होटल रिसोर्ट एण्ड स्पा प्रा.लि.का उपाध्यक्ष शरद प्रधानले हस्ताक्षर गरेका हुन् ।
सम्झौता पश्चात ल्याण्डमार्क होटल रिसोर्ट को काठमाण्डौ, पोखरा तथा चितवनमा रहेका होटलहरुबाट उपलब्ध सेवा तथा सुविधाहरुमा ग्लोबल आइएमई बैंकको डेबिट, क्रेडिट , प्रिभिलेज कार्ड, मोबाइल बैंकिङ्ग, इ–बैंकिङ्ग तथा QR कोड प्रणाली मार्फत भुक्तानी गर्दा बैैंकका ग्राहक तथा कर्मचारीहरुले छुट पाउने छन् ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको २५९ शाखा सञ्जाल सहित २३४ एटिएम, ४३ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २२७ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना २० लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संघ÷संस्थाहरुसँग समन्वय गरी यस्ता योजनाहरु ल्याउने गरेको छ ।
FACEBOOK COMMENTS