काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले असार मसान्तभित्र बुझाउनु पर्ने साँवा तथा ब्याज बुझाएको खण्डमा त्यो अवधिसम्मको ब्याजमा १० प्रतिशतका दरले छुट दिने भएको छ ।
संस्थाले यो अवधिका ब्याजमा छुट दिनुको साथै कुनै हर्जाना तथा अतिरिक्त शुल्क पनि नलिने भएको छ । संस्थाले आफ्ना ग्राहक सदस्यहरुले आर्थिक कारोबारको सूचना मोबाइलमा आउने गरी एसएमएस सुविधा संचालनमा ल्याएको जानकारी गराएको छ ।
कोरोनाको समयमा ग्राहकलाई किस्ता तिर्न सजिलो होस र त्यसको बारेमा जानकारी होस भनेर उक्त सुविधा सुरु गरेको जनाएको छ । यसको लागि संस्थाले ईसेवासँग सहकार्य गरी किस्ता तिर्न सक्ने ब्यवस्था गरेको छ ।
FACEBOOK COMMENTS