काठमाडौं, मंसिर २०- नेपाल सरकार र राष्ट्र बैङ्कको नीति अनुरुप बिग मर्जर हुने पहिलो बैङ्क ग्लोबल आईएमई बैङ्क बनेको छ । ‘क’ वर्गको दुई वाणिज्य बैङ्क ग्लोबल आईएमई बैङ्क र जनता बैङ्क एकआपसमा मर्जर भएका हुन् । शुक्रबार राजधानीमा एक समारोहको आयोजना गर्दै बैङ्कले एकीकृत कारोबार शुरु भएको घोषणा गरेको छ ।
अर्थमन्त्री डा.युवराज खतिवडाले ग्लोबल बैंक र जनता बैंकको एकीकृत कारोबार औपचारीक रुपमा उद्घाटन गरेका छन् । शुभारम्भ समारोहलाई शुक्रबार सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले ग्लोबल आईएमई बैंकलाई ठूलो मात्रै होइन अब स्मार्ट बैंक बन्न सुझाव दिएका छन् ।
अर्थमन्त्रीले व्यवसायीको लागतमा बैंकले नाफा खोज्न नहुने बताएका छन। बैंकले व्यवसायीको लागतबाट आफ्नो नाफा कमाउने सोच राख्न नहुने र त्यहि अनुसार ब्याजको दर निर्धारण गर्नुपर्ने बताएका छन।
कुनै पनि बैंक वित्तीय संस्थाले निक्षेपमा दिने ब्याज भन्दा कर्जामा लिने ब्याज थोरै नगर्ने तर व्यवसायीले तिर्ने ब्याजलाई नै नाफाको आधार भने बनाउन नहुने अर्थमन्त्री खतिवडाको भनाई रहेको छ।
त्यसै कार्यक्रममा बोल्दैं नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरिन्जीवी नेपालले ग्लोबल र आइएमई बैंकको मर्जर अरु बैंकलाई सन्देश भएको बताएका छन। उनले भने यो मर्जरले उत्साह थपेको छ र अन्य बैंक वित्तीय संस्थालाई पनि हौसला बढाएको छ ।
त्यस्तै व्यवसायीले पटक पटक ब्याजको बिषयमा सार्वजनिक रुपमा नै कुरा उठाएको प्रति असन्तुष्टि जनाउदै गभर्नर नेपालले बैंक र व्यवसायी अलग नहुँदासम्म ब्याजको बिषयमा व्यवसायीलाई नबोल्न सुझाब दिए।
उक्त कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ र नेपाल उद्योग परिसंघका कार्यबाहक अध्यक्ष विष्णु अग्रवालले बैंक तथा वित्तीय संस्थाले लिने ब्याज दर घटाउन सुझाएका थिए ।
मर्जपछि ग्लोबल आईएमई चुक्तापूँजीका आधारमा नेपालकै सबैभन्दा ठूलो वाणिज्य बैंक बनेको छ । मर्जपछि बैंकको चुक्तापूँजी रू १९ अर्ब पुगेको छ । बैंकको शाखा देशको ७७ ओटै जिल्लामा रहेको छ । त्यस्तै बैंकको २५६ एटीएम, २४१ शाखा रहित बैंकिङ्ग सेवा, ३३ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर ३ वटा बैदेशिक सम्पर्क कार्यालय र करिब २० लाख ग्राहक संख्या रहेको छ ।
FACEBOOK COMMENTS