चितवन, माघ २८- ग्लोबल आईएमई बैंकका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निर्माणाधीन गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालालाई १ करोड रुपैयाँ सहयोग गरेका छन् ।
रंगशाला निर्माणस्थलमा चलिरहेको धनधान्याचल महायज्ञमा उनले बैंकको तर्फबाट उक्त रकम सहयोग गर्ने घोषणा गरेका हुन् । कार्यक्रममा उनले भरतपुर महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह ठकुरी, धनधान्याचल संयोजक बागमती प्रदेशका सांसद विजय सुवेदी, भरतपुर महानगर प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीलगायतलाई १ करोड सहयोग गर्ने पत्र हस्तान्तरण गरेका छन् ।
अध्यक्ष ढकालले क्रिकेट रंगशालालाई सहयोग गर्न पाउँदा आफू हर्षित भएको बताए ।
FACEBOOK COMMENTS