काठमाडौं, पुस २३ – जनता समाजवादी पार्टीका सांसद मृगेन्द्रकुमार यादवले प्रधानमन्त्रीलाई कसले घेराबन्दीमा पारेको हो त्यसको जवाफ सदनमा दिनुपर्ने माग गरेका छन्।
आफ्नो पार्टीभित्रको आन्तरिक विवादमा प्रतिनिधि सभा गैरसंवैधानिक रुपमा विघटन हुन नसक्ने उनको दावी थियो। ‘आफ्नो पार्टीको झगडा मिलाउनुपथ्र्यो। प्रतिनिधि सभामा आएर विश्वासको मत लिनुपर्थ्याे,’ राष्ट्रिय सभाको बिहीबारको बैठकमा उनले भने, ‘आफ्नो घरको झगडा भो भनेर घरमा आगो लगाउने काम गर्न मिल्छ? ’
झन्डै दुई तिहाई मत पाएको व्यक्तिले संसद विघटन गर्न नसक्ने उनको दावी थियो। मुलुकको अर्थतन्त्र मारमा परेको यो समयमा फेरि भार थप्ने गरि निर्वाचन गर्छु भन्नु गलत नियत प्रष्ट भएको उनले बताए।
सरकारले राष्ट्रपतिलाई पनि विवादमा पर्ने काम गरेको उनले बताए । ‘राष्ट्रपति सम्मानित पदमा बसेको अभिभावक हो। यो संविधानको संरक्षक हो तर उहाँले एउटा गुटको काम गर्नु भएको छ’ उनले भने ‘यो मुद्दा संवैधानिक इजलासमा रहेको छ, स्वतन्त्र न्यायलयले यसमा न्याय देला। जनताले न्याय पाउँछन्।’
FACEBOOK COMMENTS