काठमाडौं, २८ असार – कार्यक्रम व्यवस्थापन संघ नेपालले घर भाडामा ५० प्रतिशत छुट दिन सम्बन्धित घरधनीलाई आग्रह गरेको छ । शुक्रबार संघ प्रेस विज्ञप्ती जारी गर्दै लकडाउनका कारण मनोरन्जन उद्योग प्रभावित बन्नुका साथै सरकारले समेत कार्यक्रम गर्न रोक लगाएकोले कारोबार ठप्प भई आय स्रोत नै बन्द भएकाले घरभाडामा पचास प्रतिशतको छुट दिनु आग्रह गरेको हो । संघले यस संकटको घडीमा घरभेटीको साथ र सहयोगको अपेक्षा राख्दै भोलीका दिनमा एकसाथमा हातेमालो गर्दै जाने प्रतिवद्धता पनि व्यक्त गरेको छ । साथै संघले नेपाल सरकारलाई पनि छिटो भन्दा छिटो कार्यक्रम गर्नको लागि वातावरण निमार्ण गरि राज्यले लगाउदै आएको प्रतिबन्ध यथासक्य चाँडो फुकुवा गराउन अपिल गरेको छ । संघले सदस्य कम्पनीहरुलाई पर्न गएको असुविधालाई ध्यानमा राखी राहात प्याकेजको घोषणा गरि सहयोग गर्न समेत अनुरोध गरेको छ । साथै, सम्पूर्ण कार्यक्रम आयोजक सदस्यहरुलाई आ-आफ्नो घरधनीसंग समन्वय गरी आगामी दिनमा कसरी अगाडी वढ्ने भन्ने विषयमा ध्यान दिन आग्रह गरेको छ । संघले कार्यक्रम आयोजना सम्वन्धमा कुनै पनि सरकारी निर्णय नभएकाले सावधानी अपनाउदै आफु सुरक्षित भएर अगाडी बढन पनि अनुरोध गरेको छ ।
FACEBOOK COMMENTS