काठमाण्डौँ — काठमाडौं उपत्यकामा घर भएका दर्जनभन्दा बढी सांसदले पुस महिनाको पनि घरभाडा लिने भएका छन् ।
घर भएर पनि जानकारी नदिएका सांसदलाई पुस महिनाको घर भाडाबापत १८ हजार रुपैयाँ पठाउने तयारीमा रहेको संसद् सचिवालयले जनाएको छ ।
घर हुने सांसदले भाडा लिएको समाचार प्रकाशित भएपछि १४ जनाले यसअघि लिएको रकम फिर्ता गरिसकेका छन् भने अझै १६ जनाले लिइरहेका छन् ।
भाडा फिर्ता गरेका सांसदलाई अब मर्मत खर्च मात्रै खातामा पठाइदिने सचिवालयले जनाएको छ ।
घर हुने सांसदले घर मर्मत खर्चबापत मासिक ९ हजार पाउँछन् भने घर नहुने या नभएको दाबी गर्नेले प्रतिमहिना भाडाबापत १८ हजार रुपैयाँ पाउँछन् ।
— कान्तिपु
FACEBOOK COMMENTS