अन्जनराज न्यौपाने
तनहुँ २५ पौष -शुक्रबार पाल्पाको रामपुरबाट तनहुँको भिमाद तर्फ आउँदै गरेको ग १ ख ६१७५ नम्बरको बस दुर्घटना हुँदा घिरिङ–१ बैंदिकी २० वर्षीया मीना थापाको घटना स्थलमै मृत्यु भएको छ। यसैगरी सोही दुर्घटनामा परि घिरिङ३ बस्ने बर्ष ४२ कि नानुमाया गुरुङको पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्युु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख पुर्णबहादुर अधिकारीले दिएको जानकारी अनुसार तनहुँको घिरिङ गाउँपालिका–३ मानपुर नजिक अर्चलकोटमा बस दुर्घटना हुँदा थापा र गुरुङको शुक्रबार नै निधन भएको हो।
सो दुर्घटनामा परि २५ यात्रु घाइते भएका छन् भने घाइतेमध्ये ४ जनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उक्त बस दुर्घटनाबाट सख्त घाइते भएकाहरुलाई उपाचरका लागि पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख विनोद सिलवालले जानकारी दिए।
उनका अनुसार करिब १०:१५ बजे दुर्घटना भएको बसमा २५ -२६ जना सवार रहेका थिए। सामान्य अबस्थाका अन्य घाइतेहरुलाई भने भिमाद स्थित स्वास्थ्य कार्यालयमा भर्ना गरिएको छ । हिलोका कारण गाडी अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने ट्राफिक कार्यालय तनहुँका प्रहरी प्रमुख पूर्ण बहादुर अधिकारीले वताए ।
FACEBOOK COMMENTS