काठमाण्डौँ — घुस माग्ने जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख जिल्ला न्यायाधीवक्ता विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग ८० हजार रुपैयाँ लिइसकेको अवस्थामा टङ्गालबाट खटिएको अख्तियार टोलीले न्यायाधीवक्ता कोषहरी निरौलालार्इ नियन्त्रणमा लिएको थियो।
यस्तै अख्तियारको टोलीले काठमाडौंको त्रिपुरेश्वरबाट कम्पनी रजिष्टार कार्यालयमा करार सेवामा कार्यरत कम्प्युटर अपरेटर पूर्णचन्द्र आत्रेयलाई घुस सहित शुक्रबार नियन्त्रणमा लिएको छ।
कम्पनीमा कायम रहन आएका शेयरधनीको लगत अभिलेख तथा कम्पनी अद्यावधिक गर्ने प्रयोजनका लागि विभिन्न वहाना बनार्इ सेवाग्राहीसँग घुस लिइरहेको भन्ने सुचनाका आधारमा उनलार्इ नगद ७ हजार सहित पक्राउ गरिएको अख्तियारले जानकारी दिएको छ।
— नागरीक
FACEBOOK COMMENTS