काठमाडौं, १८ चैत – महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक प्रलोभनमा नपरि जिम्मेवारि निर्बाह गर्ने एक प्रहरी नायव निरीक्षकसहित ३४ जना ट्राफिक प्रहरीलाई सम्मान गरेको छ ।
पुरस्कृत हुनेहरुमा प्रहरी हवल्दार भिम बहादुर बोहोरा र बसन्त कुमार गौतम, प्रहरी जवानहरु क्रमशस् विनोद खनाल, अजय सुनार, राजेश कोइरी, लाल बहादुर बिक र शंकर कुमार पन्त रहेका छन ।
नेपाल प्रहरी सङ्गठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्न र ट्राफिक नियम उल्लङ्घन गर्ने कुनै पनि चालकहरूको प्रलोभनमा नपर्न नियमित ब्रिफिङ्ग एव निर्देशन दिँदै र फलस्वरुप घुष दिन खोज्ने १३६ जना चालकहरुलाई पक्राउ गरि कारबाही गरेको महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए ।
ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूले कारबाहीबाट बच्न र कारवाही पश्चात हुने प्रक्रिया झन्झटिलो मानेर ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्दछन ।
प्रलोभनमा नपरी त्यस्ता चालकहरुलाई कारवाहीको दायरामा ल्याई आफ्नो जिम्मेवारीलाई पूर्णरूपमा निर्वाह गरी सङ्गठनको छवि उच्च राख्ने ट्राफिक प्रहरीलाई सम्मान र पुरस्कृत गरिएको उनले बताए ।
FACEBOOK COMMENTS