प्रधान मन्त्री केपि ओलि पुर्व एमालेका यौटा गुटको नराम्रो घेरा बन्दीमा परेको पछील्लो घटनाले प्रस्ट भएको छ । घोटला बारमबार भई राख्नु प्रधान मन्त्री लाई गलत ब्रिफिङ गर्नुले बालुवाटारमा ठुलै भाडभैलो समेत मचिएको छ ।
चीनबाट खरिद गरिएको स्वास्थ्य उपकरण र औषधि विवादित भएपछि नेकपाका अर्का अध्यक्ष प्रचण्ड ओली भेट्न वालुवाटार पुगेको स्रोतले जनाएको छ । प्रचण्ड पुगेपछी उनकै दवापमा कोरोना उपचारका लागि भन्दै ओम्नी ग्रुपको ओबिसिआईसँग गरिएको सम्झौता रद्द गर्ने निर्णय गरेको थियो । उनीहरुबीच भएको छलफल लगत्तै स्वास्थ्य मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठले ओम्नीसँग खरिद गर्ने भनेर ल्याइएका मेडिकल उपकरण खरिद सम्झौता रद्द गरिएको जानकारी दिएका थिए ।
FACEBOOK COMMENTS