काठमाडौं, बैशाख ११- एक महिना लामो लकडाउनका कारण दैनिक ज्यादारी गर्न नपाएर दैनिक गुजारा गर्न गाह्रो परिरहेका मजदुरका परिवारलाई विभिन्न जिल्लाका चेम्बर अफ कमर्सले सहयोग प्रदान गर्दै आइरहेको छ ।
यसैबीच घोराहि चेम्बर अफ कमर्स दाङले प्रत्येक मजदूरलाई २५ किलो चामल, तेल, नुन, दुई प्याकेट स्वाबिनवितरण गरेको छ । घोराहि चेम्बर अफकमर्स दाङका अध्यक्ष मन्जु बज्रचार्यले ८० घर परिवारलाई राहत सामाग्रीवितरण गरेको जानकारी दिए । घोराहि चेम्बर अफकमर्स दाङले छिटै अरु राहतको सामाग्रीहरु पनि वितरण गर्ने जनाएको छ ।
FACEBOOK COMMENTS