काठमाडौं, मंसिर १५ – आज (आइतबार) उपत्यकाको चक्रपथभित्र बिजोर नम्बर प्लेटका यातायातका साधन मात्रै चल्न पाउने भएका छन् । १३ औँ दक्षिण एशियाली खेलकुद ९साग० को उद्घाटनका कारण ट्राफिक व्यवस्थापन गर्न भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखा उपत्यकाको चक्रपथभित्र बिजोर नम्बर प्लेटका यातायातका साधन चलाउन आग्रह गरेको हो ।
सरकारी, अत्यावश्यक सेवा, खेलसँग आवद्ध व्यक्ति र सञ्चारकर्मी चढेका यातायातका साधनमा भने जोरबिजोर प्रणाली लागू नहुने महाशाखाले जनाएको छ । यस्तै, सागको समापनको दिन आउँदो २४ गते भने जोर नम्बरका यातायातका साधन मात्र चल्न पाउने ट्राफिक प्रहरीले जनाएको छ ।
सागको अवधिभरि चक्रपथभित्र ठूला मालबाहक गाडी नचलाउन, दशरथ रङ्गशाला वरिपरिको बाटो सकेसम्म प्रयोग नगर्न, तोकिएको ठाउँमा मात्र पार्किङ गर्न र ट्राफिकसम्बन्धी समस्या भए १ सय ३ मा फोन गर्न महाशाखाले आग्रह गरेको छ ।साग खेलकुदको समयमा सवारीको चाप वृद्धि हुने भन्दै ट्राफिक व्यवस्थापन सहज बनाउन सर्वसाधारणलाई सहयोग गर्न महाशाखाले आग्रह गरेको छ।
खेल हेर्न जानेको पार्किङ टुँडिखेल तोकिएको ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
FACEBOOK COMMENTS