काठमाडौं, जेठ १५ – सरकारले काठमाडौँको तीनकुनेदेखि जडीबुटीसम्म सुरूङमार्ग बनाउन १ अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यातायात जाम कम गर्नका लागि सुरुङमार्ग बनाउन लागिएको अर्थमन्त्री विष्णु पौडेलले बताए ।
अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०७८/७९ घोषणाका क्रममा यस्तो जानकारी गराएका हुन् । त्यस्तै, चक्रपथमा पर्ने राजधानीका व्यस्त ३ सडकमा फ्लाइओभर निर्माण गर्ने भएको छ ।
सातदोबाटो, ग्वार्को र एकान्तकुनामा आर्थिक वर्ष २०७८/७९ फ्लाइओभर बनाइने मन्त्री पौडेलले जानकारी दिए ।
यस्तै, २ वर्षभित्र काठमाडौँको चक्रपथ विस्तार कार्यक्रम सम्पन्न गर्न २ अर्ब ६४ करोड बजेट, नागढुंगा–सिस्नेखोला सुरुङमार्ग २ वर्षभित्र संचालनमा ल्याउन ९ अर्ब ८५ करोड बजेट गरेको अर्थमन्त्री पौडेलले बताए ।
FACEBOOK COMMENTS