काठमाडौं–खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले स–साना व्यवसाय पनि अब अनिवार्य रुपमा प्यानमा दर्ता गर्नुपर्ने बताएको छ ।
विभागका अनुसार फुटपाथका पसल र ठेलागाडामा गरिने व्यवसाय पनि अब अनिवार्य रुपमा प्यानमा दर्ता गर्नुपर्ने भएको हो ।
बाटोमा जतासुकै धुवाँधुलो हुने र उपभोक्ताको स्वास्थ्यमा नकारात्मक असर पर्ने भएकाले यसलाई नियमन गर्न यस्तो व्यवस्था गर्न लागिएको विभागले जनाएको छ ।
विभागले तयार पारेको ‘स्ट्रिट फूड’को स्वच्छता अभ्याससम्बन्धी निर्देशिका २०७५ को मस्यौदाले फुटपाथका पसल र ठेलागाडामा गरिने व्यवसाय पनि अनिवार्य रुपमा प्यानमा दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ।
विभागले धेरैले फुटपाथ तथा ठेलागाडा खानेकुरा खाने, चटपटे, पानीपुरीजस्ता खानेकुराका लागि बालबालिकादेखि बृद्धबृद्धासमेत जुम्झिने गरेकाले ठेलागाडा तथा फुटपाथलाई व्यवस्थापन गर्ने उद्देश्यले निर्देशिका ल्याउन लागिएको जनाएको छ ।

विभागले तयार पारेको मस्यौदा कृषि विकास मन्त्रालयले पास गरे देशभर यो नियम लागुहुने बताइएको छ ।
