काठमाडौं, भदौ ५ – नेपालमा चट्याङबाट ज्यान गुमाउने र घाइते हुनेहरुको संख्या अत्यधिक देखिएको छ । वैशाखयता मात्रै चट्याङबाट ५२ जनाको ज्यान गएको छ भने १६५ जना घाइते भएका छन् ।
गृहमन्त्रालय राष्ट्रिय विपद जोखिम न्यूनीकरण ताथ व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ गतेदेखि भदौ ४ गतेसम्मको तथ्यांकअनुसार २१७ जना चट्याङबाट पीडित बनेका हुने, जसमध्ये ५२ जनाको ज्यानै गएको छ । गत जेठ ३० गतेदेखि नेपालमा मनसुन सुरु भएको हो । मनसुन सुरु नहुँदै चट्याङबाट ३० जनाको मृत्य भइसकेको थियो भने मनसुन सुरु भएयता २२ जनाले ज्यान गुमाएका छन् ।
FACEBOOK COMMENTS