काठमाण्डौ – नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य, पूर्व अध्यक्ष एवं सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डिराज ढकालको नेतृत्वमा चीनको छेङदु पुगेको छ ।
प्रतिनिधिमण्डलले छेङदु एसोसिएसन फर फोरेन ट्रेड एण्ड इकोनोमिक कोअपरेसनले आयोजना गर्ने दक्षिण एशिया, उत्पादन क्षमता अभिवृद्धि सहयोग संवाद र असोज २ गते अन्तराष्ट्रिय व्यापार प्रवद्र्धनका लागि चिनियाँ परिषद सिचुवान काउन्सिले सिचुवानमा आयोजना गर्न लागेको नवौ चीन–दक्षिण एशिया व्यवसायिक प्रवद्र्धन सम्बन्धी राउण्ड टेवल कार्यक्रममा नेपालको तर्फबाट सहभागिता जनाएका हुन ।
दुवै कार्यक्रम नेपालका लागि अत्यन्त महत्वपूर्ण रहेको र नेपालबाट उर्जा, पूर्वाधार निर्माण, कृषि,सूचना प्रविधि,औषधि, बैंक, विमा तथा वित्त, शिक्षा, स्वास्थ्य, पर्यटन, होटल लगायत महत्वपूर्ण क्षेत्रको प्रतिनिधित्व हुने भएकाले कार्यक्रमका क्रममा यी क्षेत्रमा नेपालमा संयुक्त लगानी आउन सक्ने र म्याच मेकिङको पनि राम्रो सम्भावना रहेको ढकालले जानकारी दिए ।
ढकालको नेतृत्वमा महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ , चन्द्र प्रसाद ढकाल , प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठ , नेपाल उद्योग वाणिज्य महासंघ काठमाण्डौका वरिष्ठ उपाध्यक्ष हेमराज ढकाल सहितको महासंघ–सार्क उवासंघ प्रतिनिधिमण्डल छेङदु पुगेको छ ।
FACEBOOK COMMENTS