काठमाण्डौं– ३२ औ एशिया प्यसेफिक चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्री कन्फरेन्स टर्कीको राजधानी स्तानबुलमा सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा सार्क चेम्बर उपाध्यक्ष चण्डीराज ढकालले कन्फरेन्समा भाग लिएका थिए ।
उनले टर्कीका चेम्बरका अध्यक्ष लगाएतका व्यवसायी संग सार्क राष्ट्रमा पर्यटन व्यावसय कसरी फस्टाउन सकिन्छ भन्ने विषयमा छलफल गरेका छन् ।
सार्क राष्ट्रले १. ६ विलियन पर्यटक विश्वभरबाट २०२० सम्ममा ल्याउने लक्ष्य लिएका छौ । यो लक्ष्य पुर्याउनको लागि सार्क राष्ट्रका चेम्बरहरु लाग्नु पर्दछ । निजी क्षेत्रले सार्क राष्ट्रको पर्यटन क्षेत्रमा विशेष ध्यान दिनु पर्ने कुरा कन्फरेन्समा राखेको जनाएका छन् ।
उनले सार्क राष्ट्रमा पर्यटन व्यावसय प्रबद्धन गर्न मुख्यसमस्याको बारेमा चर्चा भएको जनाए । विश्वको पर्यटन क्षेत्रमा भएको १० प्रतिशत वृद्धि अन्य क्षेत्रको भन्दा बढी भएको बताए । दक्षिण एसियामा रहेको बेरोजगार समस्यालाई पर्यटन क्षेत्र समाधान गर्न सक्ने दावि गरे ।
ढकालले नेपालले २०२० मा २० लाख पर्यटक भित्राउने लिएको लक्ष्य लिएको र यसलार्य पुरा गर्न निजि क्षेत्र लाग्ने बताए । दक्षिण एशियामा पनि नेपाल त्यस्तो देश हो जहाँ पर्यटक विविध कुरामा रमाउन सक्छ । नेपालको संकृती, साहासिक यात्रा , सुन्दर दृश्यमा नेपाल अरु भन्दा फरक भएको बताए ।
FACEBOOK COMMENTS