कर्णालीका नवनियुक्त भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाहीले सरकारी सुविधा नलिने भएका छन् । आफू दुईदिनको मात्रै पाहुना भएको उल्लेख गर्दै मन्त्री शाहीले अनावश्यक सरकारी सेवा सुविधा नलिनेएका हुन् ।
मन्त्रालयका सचिवहरुले मन्त्री शाहीलाई सरकारी निवास प्रयोग गर्न आग्रह गरेपनि उनले आफूले सरकारी सेवासुविधा प्रयोग गरेका छैनन् । कर्णाली प्रदेश सभामा नेकपा माओवादीका १२, काँग्रेसका ६ समाजवादीका तीन जना सांसद छन भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सभामुखसहित १३ र राप्रपाका एक सांसद रहेका छन् ।
मुख्यमन्त्री जीवनबहादुर शाहीले आगामी मंसिर १४ गते दिउसो १ बजे विश्वासको मत लिने कार्यत्रम तय भएको छ ।
FACEBOOK COMMENTS