काठमाडौं – चन्द्रागिरि हिल्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । हिल्सले आफ्नो कुल चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १५ करोड रुपैंया बराबरका १५ लाख कित्ता शेयर सर्वसाधारणलाई जारी गर्ने प्रस्ताव गर्दै साधारणसभा बोलाएको छ ।
चन्द्रागिरिको साधारणसभा यही पुस ३० गते बस्नेछ । साधारणसभाको लागि गत मंसिर १९ गतेको सञ्चालक समितिले नै निर्णय गरेको भए पनि करिब १ महिनापछि उक्त प्रस्ताव सार्वजनिक गरिएको हो ।
सञ्चालक समितिको उक्त प्रस्ताव साधारणसभाले पारित गरे कम्पनीले आईपीओ निष्कासनकालागि धितोपत्र बोर्डमा अनुमतिका लागि निवेदन दिनेछ त्यसपछि आईपीओ निष्कासन प्रक्रिया अघि बढ्नेछ ।
FACEBOOK COMMENTS