काठमाडौं, चैत ११ – नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले सबैको सामुहिक प्रयासबाट मात्रै नेपाललाई आर्थिक रुपमा समृद्ध बनाउन सकिने बताएका छन् । उनले फेसबुकमार्फत नेपाली नयाँ वर्ष २०७८ को नयाँ वर्षको शुभकामना दिँदै यस्तो बताएका हुन् ।
ढकालले भने, ‘विगत एक वर्षदेखि हामी कोरोना भाइरसको महामारीबाट गुज्रीरहेका छौं । र, यो महामारीको संकट अझै बढी रहेकाले थप सतर्कता अपनाउँदै व्यवशायहरू सञ्चालन गर्नुपर्ने हुन्छ ।’
उनका अनुसार महामारीबाट जोखिममा परेका साना तथा मझौला व्यवसाय बचाउँदै ती व्यवसायको निरन्तरताका लागि नयाँ वर्ष ठोस उपायहरुसहित आउनेछ । व्यावसायिक निरन्तरताले नै रोजगारी श्रृजना गर्ने, आर्थिक वृद्धि गर्ने र हामीले परिकल्पना गरेको सम्मृद्ध नेपालको सपना यथार्थमा प्राप्त गर्न सक्ने उनले बताएका छन् ।
यसैगरी, नयाँ वर्षमा नेपाललाई लगानीमैत्री मुलुकको चिनारी दिन आफ्नै आन्तरिक लगानी परिचालन, उद्योग व्यवसायमैत्री वातावरण श्रृजना गर्न र साना, मझौला तथा ठूला व्यवसायलाई सुदृढ गरी वैदेशिक लगानीका लागि उत्प्रेरक माहोल निर्माण गर्नतर्फ अगाडी बढ्नुपर्छ ।