कर्पोरेट– कुमिङ शहरको भ्रमणमा रहेका सार्क उद्योग वाणिज्य संघको उपाध्यक्ष चण्डीराज ढकालले युनान मेट्रोपोलिटियन कन्ट्रसन इन्भेस्मेन्ट (वाईएमसिआई) संग एमओयुमा हस्ताक्षर गरे लगतै चेन्नाइ पुगेगाका छन् ।
कुमिङ सम्झौता पश्चात नेपाल लगाएत दक्षिण एशियाली समानको मार्के्टिङको लागि फाईदा हुने चण्डीराज ढकालले जनाएका छन् । कुमिङमा नेपालमा पर्यटन , कृषि, हाड्रो लगएतका क्षेत्रमा चिनिया लगानि भित्राउन कसरी सकिन्छ भन्ने विषयमा समेत छलफल गर्न सफल भए ढकाल ।
उक्त अवसरमा दक्षिण एशियाली युवा जनशक्तिको परिचालन गरि चाईनाको टेक्नोलोजी संग कसरी जोड्न सकिन्छ भन्ने विषयमा पनि कुराकानी भएको छ ।
त्यस लगतै सार्क उद्योग वाणिज्य संघ को ७६ औं कार्यकारिणी समितिको बैठक भाग लिन भारतको चेन्नाईमा पुगे ।
बैठकमा सार्क उवासंघका उपाध्यक्ष एवं संघको विधान शंसोधन समितिका सभापति समेत रहेका ढकालले संघको विधान संशोधनका लागि सुझाव सहित धारणापत्र बैठक समक्ष राखेका छन् ।
संघको विधानलाई अझ बढी स्पष्ट र क्रियाशिल बनाउने उद्देश्यले बंगलादेशको ढाकामा गत वर्ष सम्पन्न संघको ७५ औं कार्यकारिणी समिति बैठकले उहा“लाई विधान संशोधन समितिको सभापतिमा चयन गरेको थियो ।
बैठकमा संघका उपाध्यक्ष रोहिथा सिल्भा , उपाध्यक्ष विनोद जुनेजा , बासुदेव गौतम लगायतको उपस्थीति रहेको छ ।
FACEBOOK COMMENTS